aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बल्ल छाड्ने भए एसपी मल्लले चितवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
बल्ल छाड्ने भए एसपी मल्लले चितवन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन् । 

चितवन जिल्लाबाट त्रिभुवन विमानस्थलमा सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएको थियो । 

एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ । एसपी मल्ल आजै चितवनबाट काठमाडौं आउँदै छन् ।

सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो । मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ । 

प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस