aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै देश छाड्न चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै देश छाड्न चेतावनी

बगदाद । इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै छाड्नु चेतावनी दिएको छ ।

अमेरिकी हवाइ आक्रमणबाट इरानी सेनाका कमाण्डर मारिएपछि अमेरिकी दूतावासले यस्तो सूचना जारी गरेको हो । ‘अमेरिकी नागरिकहरु विमानस्थलबाट सम्भव भएसम्म बाहिरिनुपर्छ । साथै जमिनबाट समेत अन्य देशमा जानुपर्छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बगदाद विमानस्थलमा अमेरिकी रकेट हमलाको क्रममा शुक्रबार इरानी सेनाको विशेष फौजका कमाण्डरको मृत्यु भएको छ । यससँगै इरानी अधिकारीहरुले अमेरिकालाई यसको मुल्य चकाउनुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस