aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री बन्न वामदेवले गरेको प्रस्ताव ओलीद्धारा ठाडै अस्वीकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
प्रधानमन्त्री बन्न वामदेवले गरेको प्रस्ताव ओलीद्धारा ठाडै अस्वीकार

काठमाडौं । प्रधानमन्त्री बन्न नपाउने भएपछि नेपाल कम्युनिष्ट पार्टी, (नेकपा)का नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल गौतम र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजान तयार भएपनि गौतमले भने प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका थिए ।

संविधान संशोधन गरेर आफुलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र राष्ट्रिय सभामा जाने शर्त गौतमले राखेपछि प्रधानमन्त्री ओलीले शर्त ठाडै अस्वीकार गर्दै सम्भव नहुने बताएको बैठकमा सहभागि नेताले बताए ।

ओलीको अस्वीकारपछि गौतमले पनि सांसद मात्र बन्न राष्ट्रिय सभामा नजाने भन्दै आफुलाई उम्मेदवार नबनाउन भनेका थिए । त्यसपछि अरु नामहरुमा निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस