aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री ओलीलाई पुनः अस्पताल लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
प्रधानमन्त्री ओलीलाई पुनः अस्पताल लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । 

प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । 

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

थापाका अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस