aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

६५ स्टलमा फूल व्यापारिलाई ब्यवस्थित गर्ने पशुपति बिकास कोषको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
६५ स्टलमा फूल व्यापारिलाई ब्यवस्थित गर्ने पशुपति बिकास कोषको तयारी

काठमाडौं । पशुपति क्षेत्रमा अव्यवस्थित रूपमा बस्दै आएका फूल व्यापारीलाई व्यवस्थापन गर्ने भएको छ । 

अव्यवस्थित रूपमा सञ्चालन भएका फूल पसलले पशुपति क्षेत्रको सौन्दर्यलाई घटाएको भन्दै ६५ ओटा स्टलमा फूल व्यापारिलाई ब्यवस्थित गर्ने र अन्य फुटपाथ र टहरो विस्थापन गर्ने तयारी पशुपति बिकास कोषले गरेको छ । 

पशुपति मन्दिर जाने बाटोमा अव्यवस्थित तरिकाले व्यापार गरिरहेका फूल व्यापारीलाई व्यवस्थापन गर्न लागेको पशुपति विकस कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बताए । 

पशुपति क्षेत्रको बाटोमा पसल गर्नेको संख्या २ सयको हाराहारीमा रहेको छ तर  कोषले ६५ वटा मात्र स्टल बनाएको छ । 

सबै व्यापारीलाई  स्टल वितरण गर्न सकिन्दैन जुन पुरानो व्यापारी हो त्यसलाई राख्ने र पछि आएर बसेको व्यापारीलाई हटाउने निर्णय गरेको ढकालको भनाइ छ । 

ढकालले भने ‘पशुपति क्षेत्रमा आउने भक्तजनहरुलाई जरबरजस्ती हात समातेर फूल किन्नलाई आग्रह गरेको त्यस्तो गुनासो सुन्न आएकोले पनि व्यापारीको व्यवस्थापन गर्न लागेको हो । एक महिनाभित्र समिति निर्माण गरी चाँडै व्यापारीको व्यवस्थान गरिन्छ ।’ 

सूचना निकालेर सम्झौतामा रहेका व्यापारीलाई सम्पर्कमा बोलाउने तयारी पशुपति बिकास कोषले गरेको छ ।, भने सम्पर्कमा नआउने फूल व्यापारिहरुको स्टल(टहरो) बल प्रयोग गरेर भएपनि हटाइने ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस