aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

‘चरी’ समूहको ठमेल क्षेत्रका गुण्डा ‘राते’ पक्राऊ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
‘चरी’ समूहको ठमेल क्षेत्रका गुण्डा ‘राते’ पक्राऊ

काठमाडौं । प्रहरी कारबाहीमा मारिएका धादिङका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहको ठमेल क्षेत्रका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते अभियोगमा उनलाई पक्राउ गरेकाे हो ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका श्रेष्ठ उर्फ ‘राते’लाई बिहीबार राती १० बजे ठमेलबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । 

०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए । अजय भने फरार छन् । 

उनीहरुले कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर फरार भएका थिए । पक्राउ परेका रातेलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस