aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

असन/इन्द्रचोकमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
असन/इन्द्रचोकमा आगलागी

 काठमाडौं । काठमाडौंको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ । साँझ झण्डै ६ बजे एउटा घरमा लागेको आगलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन भएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ । 
    
आगो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको तीन, ललितपुर महानगरपालिकाको एउटा दमकल र पाँच÷छ वटा पानी ट्याङ्कर परिचालन भइरहेको छ । पहिलेभन्दा आगो कम भए पनि अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आइसकेको वृत्तमा कार्यरत प्रहरी सहायक निरिक्षक दानसिंह धामीले बताए । घटना नियन्त्रणमा आइनसकेकाले अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको वृत्तले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस