aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मलद्वारबाट निकालियो दुई किलो सुन, दुई भारतीय पक्राउ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १९ पुस २०७६
मलद्वारबाट निकालियो दुई किलो सुन, दुई भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे ।

भन्सारले सबै लगेज जाँच गर्दा केही फेला पार्न सकेन । तर पनि उनीहरु केही डराएजस्तो देखिएपछि उनीहरुको शरीरमा मेटल डिटेक्टर लगाइयो । तर बजेन ।

युएईबाट नेपाल आएका भारतीय नागरिकद्वय गोपी चन्द र भरत सुरेशलाललाई मेडिकल एक्स रे का लागि सिंनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइयो ।

एक्स रे रिपोर्टमा गोलो धातु देखिएपछि चन्द र शुरेसलालले सुन ल्याएको स्वीकारे । शौच गर्न लगाएर सुन निकालियो । क्याप्सुल आकारमा मलद्वार भित्र लुकाइएको सुन निकालेर तौल नाप्दा दुई किलो दुई सय ग्राम रहेको तथ्य खुल्यो । उनीहरुले सुनलाई तरल बनाइ प्लाष्टिकले बेरेर मलद्वारमा लुकाइ ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस