काठमाडाै । कच्चा पदार्थको अभावले रुपन्देहीको एक फरक प्रकृतिको उद्योग संकटमा परेको छ । यसै कारण उद्योगमा लगानी पनि जोखिममा परेको उद्योगीले बताएका छन् ।
५ करोड लगानीमा २०७२ सालदेखि रुपन्देहीको केरवानीमा सञ्चालनमा आएको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि कच्चा पदार्थको अभावले संकटमा परेको हो ।
यसले दुई पांग्रे र चार पांग्रे सवारी साधनमा प्रयोग हुने टायर, ट्युब तथा रबरलाई पायरोलाइसिस प्रक्रियाद्वारा प्रशोधन गरी फर्नेस आयल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस