aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कार्यालय प्रमुखलाई दिए यि सांसदले मार्ने धम्की !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
कार्यालय प्रमुखलाई दिए यि सांसदले मार्ने धम्की !

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।

सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए ।

आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकोले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको महतोको भनाइ छ ।

नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उनी अहिले संघीय राजधानी काठमाडौंमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस