काठमाडाैं । उपत्यकाको अति संवेदनशील र संवेदनशील क्षेत्रमा ७ तलाभन्दा अग्लो घर बनाउन नपाइने भएको छ। गृह मन्त्रालयले असारमा गठन गरेको छानबिन समितिले सिंहदरबार, सुरक्षा निकायको मुख्यालय, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको निवास र कार्यालय, कारागारलाई संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरेको छ। ती क्षेत्रवरिपरि बढीमा ७ तलासम्म मात्रै घर बनाउन दिनुपर्ने सुझाव समितिले दिएको छ।
सिंहदरबारको दक्षिणी गेटछेउ नौतले भवन बनेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस