aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जापानले माग्यो केयर गिभरमा एक हजार नेपाली, पुनः परीक्षा सञ्चालन हुँदै

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, २० पुस २०७६
जापानले माग्यो केयर गिभरमा एक हजार नेपाली, पुनः परीक्षा सञ्चालन हुँदै

काठमाडाै‌ं । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि एक हजार नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो। यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए।

नेपाल र जापान सरकाबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी)बमोजिम नेपालबाट नर्सिङ केयर गिभरका लागि पुनः परीक्षा गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस