aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

घुस लिएको अभियोगमा  समातिए कार्यालय प्रमुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
घुस लिएको अभियोगमा  समातिए कार्यालय प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सडक डिभिजन कार्यालय लहान, सिरहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ परेका हुन् । इञ्जिनीयर नवीनकुमार साह र सबर्इञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरिएको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि शनिबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस