काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज अर्थात् पुस २० गते आइतबारको मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ । बिगत केहिदिन देखी हिमाली भेगमा हिमपात तथा पहाड तथा तराइका कतिपय स्थानमा मौसम बदलीसँगै वर्षा भएकोमा अब सुधार आउने जानकारी दिएको हो ।
शाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार देखी कमजोर हुँदै गएको छ । अहिले पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली रहेको र अन्य क्षेत्रमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
आइतबार दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा बाहेक अन्य स्थानमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भने आंशिक बदली रही बाँकी भूभागको मौसम सफा हुनेछ । आइतबार राति पनि उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा नै रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस