aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने, हप्ताको १ दिन अनिवार्य जवानको ब्यारेकमा सुत्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने,  हप्ताको १ दिन अनिवार्य जवानको ब्यारेकमा सुत्नुपर्ने

काठमाडौं । महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने र हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने  निर्देशन जारी गरेका छन् । 

आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा निस्किएका डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्या संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् ।

संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएका बेला डिआइजी पोखरेलले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहनुपर्ने बताएका हुन् ।

डिआइजी पोखरेलले संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीालाई सचेत गराएका छन् ।

डिआइजी पोखरेलले जनतालाई प्रवाह गर्ने सेवा निष्पक्ष, समान र सम्मानजनक हुनुपर्ने पनि बताए ।

प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस