
काठमाडौं । मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पाँच सय ग्राम सुन र एक सय २० ग्राम हिरासहित तीनजना पक्राउ परेका हुन् ।
एयर अरेबिया र नेपाल एयरलाइन्सको जहाजमा आएका भारतीय नागरिकको साथबाट सुन र हिरा प्रहरीले बरामद गरेको हो । उनीहरुले मलद्वारमा सुन र हिरा लुकाएर ल्याएका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस