
एजेन्सी । एउटा माछाको मूल्य कतिसम्म पर्छ होला ? सार्है बढी भए ८/१० लाख । तर, जापानमा आइतबार एउटा माछा अपत्यारिलो मुल्यमा बिक्रि भयो । त्यहाँको माछा बजारमा भएको एक लिलाम बढाबडमा भएको माछाको बिक्रीले धरैलाई अचम्भित पार्यो ।
जम्मा २७६ किलोग्रामको एउटा ब्लुफ़िन टुना माछा अठार लाख डलर अर्थात् लगभग २१ करोड नेपाली रुपयाँमा बिक्रि भएको छ । टोकियोको माछा बजारमा कुनै माछाले पाएको यो आजसम्मको दोस्रो महँगो मूल्य हो । यसअघी २७८ किलोको अर्को यहि जातको माछाले झन्डै यो भन्दा डेढ गुणा महँगो अर्थात् ३२ करोड रुपयाँ मुल्य अघिल्लो वर्ष प्राप्त गरेको थियो ।
समाचारहरुमा जनाइए अनुसार कियोमुरा कर्पोरेशनले यति धेरै पैसा खर्चेर माछा खरिद गरेको हो । यो कम्पनीले जापानमा सुशीजनमा नामक रेस्टुरेन्टको संजाल नै चलाएको छ । यो रेस्टुरेन्टका मालिक कियोशी किमुरा यो माछाको मुल्या धेरै नै भएपनि आफ्ना ग्राहकलाई सबैभन्दा राम्रो टुना माछाले सेवा गर्ने आवसर आफुले गुमाउन नचाएको त्यहाँको स्थानीय संचार माध्यमलाई बताएका थिए ।
उक्त माछा जापानको उत्तरी क्षेत्रमा फेला परेको थियो । जापानको ओमामा पाइने ब्लुफिन टुना संसारकै सबैभन्दा राम्रो मानिन्छ । आइतबार बिक्रि भएको टुना पनि त्यहीं फेला परेको थियो । ब्लुफिंन टुना एक बिशेष प्रकारको टुना हो जसको आकार ठुलो हुन्छ र लगभग ४० वर्षसम्म बाँच्छ । हामीले बजारमा बट्टामा रखिएको जुन टुना किनेर खाने गरेका छौं त्यो चाहिं सामान्य टुना हो जो धेरै नै सस्तो हुन्छ ।
प्रतिक्रिया दिनुहोस