aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

‘चौंथो निर्यात दिवस–२०७६’ पुस २२ गते हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
‘चौंथो निर्यात दिवस–२०७६’ पुस २२ गते हुँदै

काठमाडौं । नेपाल निर्यात परिषद्को आयोजना व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा र नेपाल हस्तकला महासंघको सह–आयोजनामा यही पुष २२ गते निकासी दिवस एक्सपोर्ट डे को कार्यक्रम हुने भएको छ । 

२२ औं वार्षिक साधारण सभा तथा चौंथो निर्यात दिवस–२०७६ को समुद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाबाट हुने भएको छ । 

निर्यात व्यवसायिक बिचको समस्या र व्यवसायिक ऐक्यबद्धता देखाउन, आयतमुखि बजारलाई निर्यातमुखि बनाउन, सरकार र सम्पूर्ण सरोकारवालाहरुको ध्यानकर्षण गर्न, निर्यात र व्यवसयिकविच समधर सम्बन्ध कायम गर्न निर्यात दिवस मनाउनको लागेको हो । 

आइतवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । सोही पत्रकार सम्मेलनमा नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ निर्यात बढाउनको लागि निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियतदरमा बैङ्गिक व्याज उपलब्ध गराउनु पर्ने बताएका हुन् ।  

साथै निर्यात गृहको आवश्यकता, विश्वव्यापी मान्यता हुने आधुनिक ल्याबको स्थापना गर्नु पर्ने, निर्यात योग्य वस्तुको भन्सार प्रणालिमा सहज हुने अनलाइन सिस्टम लागु गराउनु पर्ने जस्ता आधुनिकिकरण गर्दै लैजानुपर्ने काम सरकारको रहेको अध्यक्ष श्रेष्ठले बताए । 

त्यस्तै विभिन्न देशहरुमा रहेका नेपाली दुतावास र कुटनितिक नियोगहरु मार्फत नेपालका निर्यात योग्य वस्तुहरुको व्यापक रुपमा प्रचार प्रसार गराउनु पर्नेमा उनले जोड दिएका छन् । 

श्रेष्ठले भने  ‘माननिय पर्यटन मन्त्रीज्युले भ्रमण वर्ष २०२० व्यापक रुपमा प्रचार प्रसार गर्नु भएको छ । यसले गर्दा पर्यटकहरु बढ्ने अपेक्षा भएकोले, निर्यात व्यवसायीहरुलाई पनि सहयोग छ ।’ 

नेपालको अर्थतन्त्रको ठुलो हिस्सा निजी क्षेत्रले ओगटेको छ । नेपालमा धेरै सम्भावनायुक्त वस्तुहरु छन हामीमा भएको भौगोलिक कठिनाईले गर्दा हाम्रो प्रतिस्पर्धा गर्ने क्षमता कम रहेको छ । उद्यमीहरुमा प्रचुर मात्रामा उद्यमशिलता रहेकोसमेत श्रेष्ठले जानकारी दिए । 

नेपालमा कामदारको कमी, चर्को बैङ्गिक व्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट, बजार प्रवर्द्धनमा कमी, विदेशबाट कच्चा पदार्थ ल्यानु पर्दा दुवानी खर्चले गर्दा लागत महंगो भएको, बजार विविधिकरणको कमी साथै सरकारी तवरबाट हुने व्यापार प्रवर्द्धनका फोरमहरुमा न्यून सहभागिता र कर प्रणालिमा असमानताका कारण निर्यात वृद्धिमा समस्या देखिएको परिषद्का अध्यक्ष श्रेष्ठले प्रष्ट पारेका छन् । 

आजको विश्वले जति पनि मुलकले आर्थिक समृद्धि हासिल गरेका छन् । त्यसमा निर्यात व्यापारको ठूलो योगदान छ । तर, हाम्रो देशमा आयात वृद्धि निरन्तर बढ्दो छ, जसले गर्दा व्यापार घाटा चलिदै गएको छ । 

नयाँ संविधान मार्फत हामीले कल्पना गरेको दिगो आर्थिक विकास सहितको समृद्धि हासिल गर्न गुणस्तरीय एवम् प्रतिस्पर्धी उत्पादन र अन्तराष्ट्रिय बजारमा निर्यातमा उल्लेख्य वृद्धि गर्नुको विकल्प नभएकोले पछिल्लो आर्थिक वर्षमा निर्यात व्यापारमा केही बद्धि आएको छ । तर, यो सन्तोषजनक छैन । 

नेपाली निर्यातकर्ताहरुको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले देशबाट हुने निर्यात प्रवर्धन र नियातकर्ताहरुको हकहितको लागि स्मरणयोग्य काम गर्दै आईरहेको जनाएको छ ।

यद्यपी निर्यात व्यवसायका विद्यमान थुप्रै समस्या र चनौतीहरुको समाधान गर्दै निर्यात अभिवद्धिलाई सहजीकरण गर्न जरुरी रहेको औंल्याए ।


 

प्रतिक्रिया दिनुहोस