
काठमाडौं । घूससहित रंगेहात समाउने दाउमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आप्mनै रू। ३ लाख गायब भएपछि जिल्लिएको छ । अख्तियारलाई नै छक्याएर अदालतका एक कर्मचारीले रकम गायब पारेका हुन् ।
उच्च अदालत, तुलसीपुरको नेपालगञ्ज इजलाशमा कार्यरत नायब सुब्बा कृष्णकुमार पाठकले अख्तियारकै रू। ३ लाख गायब पारेको अख्तियारका एक कर्मचारीले आर्थिक अभियानलाई जानकारी दिए । अख्तियारको इतिहासमै यस्तो घटना पहिलो भएको ती कर्मचारीको भनाइ छ ।
अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयका केही कर्मचारी ३ दिनअघि रू। ३ लाखसहित नेपालगञ्जकै एक कानून व्यवसायीको फर्ममा गएका थिए । उनीहरूको उद्देश्य अदालतका सेवाग्राहीलाई घूस मागेर हैरानी दिएका भनिएका नायब सुब्बा पाठकलाई रंगेहात समाउनु थियो ।
अख्तियारको टोलीले उक्त रकममा केमिकल दलेर सेवाग्राहीलाई दिँदै पाठकलाई दिन भनेको थियो । घूस दिनासाथ आपूmहरूले रकमसहित पाठकलाई रंगेहात समाउने टोलीका सदस्यहरूले सेवाग्राहीलाई बताएका थिए । सोही योजनासाथ सेवाग्राहीद्वारा पाठकलाई रकम दिइएको भए पनि एकैछिनमा उक्त रकम गायब भएको थियो ।
‘पाठकको हातमा रकम पर्नासाथ उनले त्यसलाई मोटरसाइकलमा बसिरहेका आफ्नो छोरालाई पास गरे र छोराले मोटरसाइकल स्टार्ट गरी कुदिहालेका हुन् कि भन्ने आशंका छ,’ ती कर्मचारीले भने ।
अख्तियारले कसैलाई घूस रकम दिनुप¥यो भने आफ्नै रकम लिएर जाने गरेको छ । नोटमा रहेको नम्बर पहिले आफूले टिपोट गर्ने र पछि घूस माग्नेको हातमा पुगेपछि उक्त नम्बर भिडाएर अख्तियारले घूस लिएको भनी प्रमाण देखाउन सजिलो हुने उल्लेख गरिएको छ ।
नोटमा केमिकल दलिएका कारण उक्त रकम लिनेको हात धुँदा रंगीन पानी झर्ने गर्छ । घूस रकमसहित रंगेहात पक्राउ पर्नासाथ घूस लिनेको हात पनि अख्तियारले धुन लगाउँछ । रंगीन पानी हातबाट झरेपछि अख्तियारलाई घूस लिएको भनी प्रमाण देखाउन
सजिलो पर्ने गर्छ । अभियान दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस