aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब विद्युत् महसुल १० युनिटसम्म ३० रूपैयाँ मात्रै!

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, २१ पुस २०७६
अब विद्युत् महसुल १० युनिटसम्म ३० रूपैयाँ मात्रै!

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।

प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ७ लाख रहेको उनले बताए।

‘यी ग्राहकलाई सेवा शुल्कबापत ३० रुपैयाँ मात्रै लिएर विद्युत् दिँदा प्राधिकरणलाई मासिक करिब २५ लाख भार भर्छ,’ मन्त्री पुनले भने, ‘प्राधिकरणले निर्माण गरिरहेका आयोजना पूरा भइरहेका छन्। यिनले प्राधिकरणको आम्दानी बढाइरहेकाले घाटा पर्दैन।’ 

अहिले लागू भइरहेको विद्युत् महसुस परिमार्जनका विषयमा पनि छलफल भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस