aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस्तो पो रहेछ सुनेकाे मूल्य आकासिनुको कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
यस्तो पो रहेछ सुनेकाे मूल्य आकासिनुको कारण

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै १ हजार बढेर तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन भने तोलामा ७५ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो।

एक महिनाको अवधिमा छापावाल र तेजाबी सुन ३ हजार ८ सय रुपैयाँले बढेको छ। अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस