aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सुडान घोटालाका ठेकेदार धरौटीमा छुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
सुडान घोटालाका ठेकेदार धरौटीमा छुटे

काठमाडौं । सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर दिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् । 
       
न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आइतबार भारती धरौटीमा छुटेका हुन् । अदालतले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएपछि भारती कारागारमुक्त भएका हुन् । 
       
कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियोे । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी रु १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । भारतीले सो रकम बुझाएका छन् । 
       
सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो । पूर्व महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस