aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चिनियाँ नागरिकलाई विषेश छुट अभ्रद व्यवहारको कारबाही एक हजार रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
चिनियाँ नागरिकलाई विषेश छुट अभ्रद व्यवहारको कारबाही एक हजार रुपैयाँ

काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आइतबार जनही  एक हजार जरिवानाको फैसला भएको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ।” प्रजिअले भने । 

अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।  जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि आइतबारै अध्यागमन विभागमा बुझाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको उनले बताए ।

प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालमया मुद्दा चलाइएको थियो । 

प्रतिक्रिया दिनुहोस