काठमाडौं । इराकी संसदले अमेरिका सहित सबै विदेशी सेनालाई देश निकाला गर्ने निर्णय गरेको छ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा शुक्रबार इराकको राजधानीस्थितर बग्दाद विमानस्थलमा मृत्यु भएको थियो । आफ्नो विमानस्थलमा आक्रमण गरि इरानी सैन्य कमाण्डरलाई मारेपछि इराकी प्रधानमन्त्रीले आपक्ति जनाएका थिए । आइतबार इराकी संसदले अमेरिकी सेनासहितका सबै विदेशी सेनालाई देश छोड्न भनेको हो ।
हाल इराकमा अमेरिकाका ५ हजार सेना तैनाथ छन् । इरानले आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिने घोषणा गरिसकेको छ । इरान परमाणु अस्त्र सम्पन्न मुलुक हो । इरानले यस अघि गरिएको परमाणु सम्झौता समेत नमान्ने घोषणा गरिसकेको छ ।
इरानी कमाण्डर मारिएको घट्नामा रुस र चीनले इरान प्रति सहानुभूति व्यक्त गरेका छन् । ऋाणविक शक्ति सम्पन्न दुई देशबीचको सम्बन्धले तेश्रो विश्व युद्धको आशंका बढाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस