aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

फुडमाण्डु अनलाइन फूड फेस्टिवल शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
फुडमाण्डु अनलाइन फूड फेस्टिवल शुरु

काठमाडौं । फुडमाण्डु अनलाइन फुड फेस्टिवल सोमबारदेखि शुरु भएको छ । फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गरिनेछ । 

यसपटक नेपालको फुड डेलिभरी जायन्टले आफ्नो गेमलाई अपग्रेड गरेको छ । फुड फेस्टिवलको डिजिटल अनुभवलाई भर्चुअल भौचरहरुले वास्तविक बनाउने जनाइएको छ । फुडमाण्डुले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गर्दैछ, जसमा ग्राहकहरुले मोबाइल एपमार्फत सजिलै प्रवेश गर्न सक्नेछन् ।

 प्रवेशपछि उनीहरुले त्यहाँ र उनीहरुको छिमेकमा भर्चुअल भौचरहरु खोज्नुपर्नेछ र त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ । शहरभरीका ३० रेष्टुरेन्टहरुले यो ७ दिने कार्निभलमा ग्राहकहरुलाई विभिन्न किसिमका प्रशन्न पार्ने पाककला प्रदर्शन गर्नेछन् । कन्टिनेन्टलदेखि एशियन, भारतीयदेखि नेपाली, विश्वभरका व्यन्जनहरु उच्च छुटहरुमा अफर गर्नेछन् ।

 अझ यसमध्ये पनि सबैले चाहेको ‘सबै रु १ अफर’ फेरी एक पटक आएको छ, जसका साथमा फ्ल्याश डिल्सजस्ता लोकप्रिय अफरहरु छन् । यो अफरहरु दैनिक तीनपटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग (एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् । फुड फेस्टिभलमा नयाँ अग्मेन्टेड रियालिटी फिचरको शिष्टाचारसँगै सहभागीतामा नयाँ छर्लाङ्ग देखिनेछ । 

यस पटक यसलाई अझ साधारण बनाउने प्रयास गरेका छौं, फुडमाण्डु अनलाइन फुड फेस्टिवल केबल एप मा मात्र उपलब्ध इभेन्ट हो, जसको अर्थ ग्राहकहरुले उपलब्ध भएका अफरहरुमा कलेज, घर वा कार्यालय जहाँ भएपनि सहभागिता जनाउन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस