aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हप्तामा ३ दिन विदा, ४ दिनमा ६ घन्टा मात्रै काम गर्नु पर्ने, कान्छी प्रधानमन्त्रीको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
हप्तामा ३ दिन विदा, ४ दिनमा ६ घन्टा मात्रै काम गर्नु पर्ने, कान्छी प्रधानमन्त्रीको योजना

एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक छ घन्टामात्र काम गर्ने प्रस्ताव ल्याएकी छन् । फिनिस नागरिकले आफ्ना परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन् ।

आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै केहीदिनअघि मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन् ।

'म विश्वास गर्छु कि हरेक मान्छेले आफ्नो परिवार, प्रियजन, जीवनमा गर्न चाहेको र जीवनका अन्य संस्कृतिजस्ता पक्षमा धेरै समय बिताउन योग्य छन्,ु मरिनले भनेकी छन्, ुयो कामकाजी जीवनका लागि अर्को कदम हुनेछ ।'

यसअघि फिनल्यान्डकी यातायात मन्त्री हुँदा नै मरिनले कामदारबीचको सम्बन्धलाई सुधार गर्न र कामको उत्पादन बढाउन हप्तामा चार दिन र दैनिक छ घन्टा काम गर्ने प्रावधानको पक्षमा लबिङ गरेकी थिइन् ।

अहिले फिनल्यान्डमा हप्ताको पाँच दिन दैनिक आठ घन्टा काम गर्नु पर्ने प्रावधान छ । फिनल्याण्डको छिमेकी स्विडेनमा सन् २०१५ देखि दैनिक छ घन्टा काम गर्ने व्यवस्था लागू भइसकेको छ ।

दैनिक छ घन्टा काम गर्ने व्यवस्थापछि स्विडेनका जनता र कामदार खुसी र धनी भएको डेली मेलको समाचारमा उल्लेख छ ।

कामदारको खुसीमात्र होइन स्विडेनमा उत्पादनसमेत बढेको छ । गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डकी प्रधानमन्त्री बनाएको थियो ।

उनी प्रधानमन्त्री भएसँगै विश्वकै कान्छी प्रधानमन्त्री भन्दै चर्चामा आएकी थिइन् । फिनल्यान्डमा पाँच दलको गठबन्धनको सरकार बनेको छ ।

मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन् ।

मरिनले आफ्नो राजनीतिक यात्रा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भई २७ वर्षमा सुरू गरेकी थिइन् ।


 

प्रतिक्रिया दिनुहोस