aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

डुप्लीकेट नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्न खोज्दा ...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
डुप्लीकेट नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्न खोज्दा ...

बारा । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका-४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।

उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

साथै उनीहरुले प्रसौनी गाउँपालिका(६ प्रस्टोका बस्ने  एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस