aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्थमन्त्री खतिवडा हट्ने हल्लाले बजारमा चलखेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
अर्थमन्त्री खतिवडा हट्ने हल्लाले बजारमा चलखेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा.युवराज खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएको छ । खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन लागेको र उनी नदोहोरिने हल्ला चलाएर बजारमा चलखेल गर्न थालिएको हो ।   

अर्थमन्त्री खतिवडाको बहिरगमन हुने हल्ला र धितोपत्र बोर्डका अध्यक्षमा भीष्मराज ढुंगानाको आगमनले गर्दा शेयर बजार दुई दिनमै करिव ३५ अंकले बृद्धि भएर १२०० अंकमा पुगेको पनि बताइन्छ । अर्थमन्त्री खतिवडालाई देखाएर बजार घटबढ गरिएको यो नै पहिलोपटक भने होइन । ठूला लगानीकर्ताले अर्थमन्त्रीलाई देखाएर च्याँखे दाउ थाप्नाले सीमित र ठूला लगानीकर्ताले फाइदा लिइरहेका छन् भने नयाँ र साना लगानीकर्ता फस्ने गरेका छन् । 
 
राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन् सोही प्रक्रियाबाट पुनः आउन सक्ने सम्भावना भने कायमै छ । खतिवडा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य बनेका हुन्। राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये खतिवडाको कार्यकाल फागुनमा सकिँदै छ। रिक्त हुने सो सिटमा खतिवडालाई नै ल्याउने आश्वासन उच्च राजनीतिक नेतृत्वबाट उनले पाएको विश्वस्त स्रोतहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस