aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मालपोत कार्यालय साँखुका सुब्बा घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
मालपोत कार्यालय साँखुका सुब्बा घुससहित पक्राउ

काठमाडौँ । मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेलले घुससहित पक्राउ परेका छन् ।  लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस लिंदै गर्दा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सुब्बालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट  नियन्त्रणमा लिईएको हो । 

पक्राउ परेका सुब्बाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यता, झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनीहरुलाई रु एक हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेको दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस