aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको यसरी भयाे हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको यसरी भयाे हत्या

गुल्मी । २ जना बुहारीले सुनाका गहना लुट्न आफ्नी बृद्ध सासुको हत्या गरेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीकी देवी विक र लक्ष्मी विकले आफ्नी ७६ वर्षीया सासु कौशिला विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी मिनबहादुर घलेका अनुसार दुवै जनाले सासुले लगाएको सुनका गहना लुट्ने योजनाका साथ उनको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घटना भने पुस १७ गतेको हो । देवी र लक्ष्मीले आफ्नी सासुलाई गोरुले हानेको भन्दै उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए ।

तर, कौशिलाले लगाएका गहना नदेखिएपछि उनका केही आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

कौशिलाको गुल्मीमा उपचार हुन नसकेपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा १९ गते कौशिलाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा २ जना बुहारीले दाउराले हानेर घाइते बनाइ उनको गहना लुटेको देखिएको डिएसपी घलेले जानकारी दिए ।

अहिले देवी र लक्ष्मी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्ताे थियाे घटना

स्थानीयका अनुसार दुई बुहारी र सासुबीच पहिलेदेखि नै खटपट थियो । उनीहरूबीच कैयौँ पटक उजुरी भएका थिए । घटनाक्रम बढ्दै जाँदा १७ पुसमा मृतक कौशिलाका श्रीमान मासु काट्न गएका थिए । त्यो दिन दुई  बुहारीले अनौठो योजना बनाए । त्यो योजना थियो कुटपिट गरेर गहना लुट्ने । दुवैले सल्लाह गरे । 

लक्ष्मीले गोठको गोरु फुकाएर र कुट्ने देविले सासुलाइ बाहिर बोलाउने । प्रहरीकोमा दिएको बयानअनुसार लक्ष्मी गोरु फुकाएर दाउरो लिएर लुकिन । लक्ष्मीले गोरु फुकाइन देविले सासुलाई बोलाइन । सासु गोरु फुकेको देखेर बाध्न गोठमा गइन ।

त्यही बेला लक्ष्मीले सासुलाई दाउराले कन्चटमा हानेर अचेत बनाइन । योजनाअनुसार नाक र कानको गहना निकालेर मलखातमा गाडे । दाउराले टाउकोमा हानेकाले कौशिला रगताम्य र अचेत बनिन् । घटना लुकाउन छिमेकमा गोरुले हानेको नाटक समेत रचे । 

घरका केटाकेटीलाई समेत नभन्न भने । केही समय घटना त्यस्तै पनि बन्यो । १७ गते अबेर गाउँले मिलेर बिकलाई उपचारको लागि पाल्पा पठाइयो । टाउकाको अप्रेशन गर्नु पर्ने भयो । बिपन्न परिवारसँग पैसा थिएन् ।

आर्थिक अभावकै कारण फर्काएर परिवारले सदरमुकाम ल्याए । पुन तम्घासमै पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पतालमा पुराए तर बिक बचिनन् । २० पुसमा कौशिलाको मृत्यु भयो । २१ गते गुल्मी अस्पतालमा शवको पोस्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहासंस्कार गरे ।

प्रतिक्रिया दिनुहोस