aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ९१ विद्यार्थीलाई ऋण प्रदान

  • रासस
    रासस
  • बुधबार, २३ पुस २०७६
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ९१ विद्यार्थीलाई ऋण प्रदान

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ ।

गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा  ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी  नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो । 
कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम  वितरण गर्दै आएको जानकारी दिए। नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ ।  

नगरपालिकाले गत आव २०७५÷७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस