aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

  • रासस
    रासस
  • बुधबार, २३ पुस २०७६
आगामी राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवार समेटिने

मोरङ । कृषि उत्पादनमा आत्मनिर्भर र कृषकको जीवनस्तर वृद्धिमा कृषि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने सरोकारवाले बताएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङद्वारा मङ्गलबार आयोजित आगामी  राष्ट्रिय कृषि गणना–२०७८ का विषयवस्तुमा सरोकारवालासँग छलफलका सहभागीले  कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिए । 

उनीहरुले विगतमा कृषि गणनामा सोधिएका विषयवस्तुुमा संशोधन तथा थप गर्नुुपर्ने सुुझाव दिएका थिए । यसपटकको गणनामा २५ लाख घरपरिवारमा प्रत्यक्ष सम्पर्क गरी दुई लाख ५० हजार तथ्याङ्क सङ्कलन गरिने लक्ष्य रहेको छ । हिमाल तथा पहाडमा चारआना तथा तराईमा आठ धुर जग्गा हुनेसम्मको तथ्याङ्क सङ्कलन गरिने कार्यक्रममा जानकारी दिइयो ।  

एक गाईभैँसी, पाँच भेडाबाख्रा र २० कुखरापालनलाई समेत गणनामा समावेश गरिने भएको छ । प्रदेश नं १ का प्रदेश योजना आयोग उपाध्यक्ष सुुवोधराज प्याकुुरेलले राज्यको साधनको उचित प्रयोग र बजेट विनियोजनमा कृषि गणना फलदायी हुुने बताए । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सन्दीपकुुमार राई तथा पशुुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक लेखराज दाहालले गणनालाई विश्वसनीय बनाउन प्राप्त सुझाव समेट्नुपर्नेमा जोड दिए ।  विगतमा जिल्लामा तल कृषि तथ्याङ्क नभएको अवस्था आगामी कृषि गणनामा ७५३ स्थानीय तहको उपयोगी कृषक र कृषिको अवस्थाबारे सही तथ्याङ्क लिने  विभागका निर्देशक बद्री कार्कीले बताए ।

विभागका अर्का निर्देशक डा महेश सुवेदीले महिलाको नामकोे जग्गा, कृषि बीमा तथा अनुुदान, कृषिमा जलवायुु परिवर्तनको असर,  बालीमा विषादीको प्रयोग, सरकारी सेवा–सुुविधामा कृषकको पहुँच आदि विषय गणनामा समेटिने छ भने। राष्ट्रिय जनगणना  विस २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म  हुँदैछ ।  यसको छ महिनापछि राष्ट्रिय कृषि गणना हुुने कार्यक्रममा जानकारी गराइयो । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस