
काठमाडाैं । नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकीकरण दिवसको रूपमा मनाउन पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा दिने भएको छ ।
पृथ्वीनारायण शाहाले नेपाल एकीकरणको शुरुआत र उनको देहवशानसमेत उक्त नुवाकोट दरबारमै भएकोले एक दिन सार्वजनिक बिदा दिने निणय नगर पाँचौं नगरसभा बैठकले गरेको सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरू गर्दै विजय हासिल गरी २५ वर्ष नुवाकोट साततले दरबारबाटै राज्य सत्ता सञ्चालन गरेको र मृत्यु पनि यसै नगरपालिकामा भएकाले स्थानीय पहिचान झल्काउन उक्त विदा दिइएको जनाएको छ ।
पोखरेलका अनुसार उक्त दिन नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ।
प्रतिक्रिया दिनुहोस