aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सुनसहित फेरि अर्का भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
सुनसहित फेरि अर्का भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अर्का भारतीय नागरिक मलद्वारामा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक मोहम्म तोसिद करिब ६ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी थाइ एयरको उडानबाट काठमाडौं उत्रिएका तोसिदलाई शंकाको आधारमा परीक्षण गर्दा उनले मलद्वारा सुन लुकाएर ल्याएको भेटिएको हो ।

१० दिनको अवधिमा विमानस्थल प्रहरीले सुन तस्करी गर्ने ६ जना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ । जसमध्ये ४ जना मलद्वारमा सुन लुकाएर ल्याउने छन् ।
 

प्रतिक्रिया दिनुहोस