
काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफूसँग २० करोड घुस माग गरेको भन्दै लगाएको आरोपप्रति चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आपत्ति जनाएका छन् ।
गिरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूमाथि मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय आरोप लगाएको बताए । गिरीले आजै प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस माग गरेको आरोप लगाएपछि बुधबार (आज)नै पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथि आरोप प्रमाणित गर्न चुनौती दिए ।
प्रसाईंले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिने प्रयोजनका लागि चिकित्सा शिक्षा अयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको बताएका थिए ।
मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आयोगमा निवेदन दिएको र त्यसपछि उपाध्यक्ष गिरीले मंसिर १५ गते द्वारिकाज होटलमा भेट्न बोलाएर २० करोड घुस मागेको प्रसाईंको भनाई छ ।
आफूले २० करोड रुपैयाँ घुस दिन नसक्ने जनाएपछि गिरीले आफ्नो सम्धीका नाममा २० प्रतिशत शेयर पास गर्नु भन्ने प्रस्ताव राखेको पनि प्रसाईंले पत्रकार सम्मेलनमा बताएका थिए ।
याे पनि पढ्नुहाेस्
मेडिकल कलेज अनुमतिका लागि प्रसाईंसँग २० करोड घुस मागेको खुलासा |
प्रतिक्रिया दिनुहोस