aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

जन्मदर्ता बनाउँनका लागि दुई लाख घुस !

  • रासस
    रासस
  • विहीबार, २४ पुस २०७६
जन्मदर्ता बनाउँनका लागि दुई लाख घुस !

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस