काठमाडौं । महानगरपालिकाले दिने ठेक्कामा आम्दानी सुनिश्चित गर्न अग्रिम रोयल्टी बुझ्ने प्रावधान छ । तर, पछिल्ला दिनमा महानगरपालिकाले पैसा नभएको चेक बुझेर घाट खानीको ठेक्का सम्झौता गरेको पाइएको छ । केहि महिना अगाडि व्याक डेटको चेक महानगरलाई दिएर एक कम्पनीले ठेक्का पाएको थियो ।
आरजे कन्स्ट्रक्सन प्रालिले महानगरलाई दिएको ११ लाखको चेक ३ महिना वितिसक्दा पनि साटिएको छैन । पैसा नभएको बैंक खाताको चेक दिएर ठेक्का सम्झौता गर्ने कार्यमा महानगरका कर्मचारीको पनि मिलेमतो रहेको छ । कर्मचारीले खाली चेकको भौचरको आधारमा रकम बुझिलिएको विल सिस्टमबाट प्रदान गरेर ठेक्का दिलाएका थिए ।
महानगरपालिकाको वास्तविक राजस्व आम्दानी कति छ ? विल भौचर दिइएको आम्दानी कति हो स्पष्ट लेखाजोखा हुन सकेको छैन । आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षणले यस्ता हचुवा कारोवार र उदारो चेक कारोवारलाई कसरी मूल्यांकन गर्छ ? दशौं लाख आम्दानी गर्ने वालुवा घाट खानीका ठेकेदारहरु वाउन्स चेक महानगरलाई दिएर सम्पर्कमा नआएको राजस्वका अधिकृत गणेश पाण्डे बताउँछन् । महानगरले वाउन्स चेक दिने आरजे कन्सट्रक्सनका सञ्चालकलाई कालो सूचिमा राख्न बैंकलाई पत्राचार गरेको पाण्डेले बताए । युनाइटेड पोष्टबाट
प्रतिक्रिया दिनुहोस