
काठमाडाैं । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनिमा बुधबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युु भएको छ । चार जना गम्भीर घाइते छन ।
रामपुर झिल्केबाट बछाङ जाँदै गरेको मे १ ज २६६२ नम्वरको जीप दुर्घटना हुँदा सोही स्थानका २६ बर्षीय मिलन राई, झापा बिर्तामोडका ३३ बर्षका महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
जीपमा सवार ताप्ली–२ का २७ बर्षीय बाबु राई ,४० बर्षीया रसमाया राई, ३२ बर्षीय मोतिलाल राई र बर्ष २१ का चालक कोमलराज मगर गम्भीर घाइते छन् ।
हुस्सु ,कुहिरो ,घुमाउरो र साँघुरा कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको जनाएकाे छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यसैगरि, सल्यानमा हाइस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सुर्खेतबाट बिहीबार बिहान जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहार यातायातको हाइस छिन्चु जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा सङ्ग्रहीमा दुर्घटना भएको हो ।
हाइस सडकभन्दा १५० मिटर तल खेतमा खसेको सल्यान प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाे छ । घाइते सबैजनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
प्रतिक्रिया दिनुहोस