
काठमाडौं । मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
बिहीबार बिहान कम्पनीमा खाजा पुर्याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।
राजकुमार श्रेष्ठ क्वालालम्पुरमा होटल सञ्चालन गर्थिए भने रमेश राजकुमारको होटलमा काम गर्दै आएको हुनसक्ने दूतावासको भनाई छ ।
प्रतिक्रिया दिनुहोस