aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नक्कली भ्याट बिलवाला यूनिभर्सल बिरुद्ध २१ करोडको मुद्धा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
नक्कली भ्याट बिलवाला यूनिभर्सल बिरुद्ध २१ करोडको मुद्धा दायर

काठमाडौँ।  राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृदी कर विजक (भ्याट बिल) प्रयोग गरी राजस्व छलि गर्ने एक एक बिरुद्ध २१ करोड १८ लाख बिगो दाबि सहित मुद्दा दायर गरेको छ। 

काठमाण्डौ महानगरपालिका वडा नं. ७ स्थित यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ्ग प्रेस/युनिभर्सल निर्माण सेवाका संचालक प्रकाश राज गिरीले राजस्व चुहावट गरेको अभियोगमा २१ करोड १8 लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावी लिई बिहिबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

विभागले जारिगरेको बिज्ञप्ती अनुसार यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ्ग प्रेस/युनिभर्सल निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको जनाएको छ। 

विभागले प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. ६ करोड ६१ हजार ८८१ रुपयाँ र आयकर तर्फ रु. १५ करोड १७ लाख ८६ हजार १० रुपयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु.२१ करोड १८ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ छली गरेको दाबी गरेको छ।  

प्रतिक्रिया दिनुहोस