aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, २५ पुस २०७६
अब बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने

दाेलखा । बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।

कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ । 

कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए ।  ज‌गली जनावर पालेरै त्यसबाट राम्राे आम्दानी  लिन चाहनेहरुले निश्चित मापदण्ड पूरा गरेर आयाेजना कार्यालयमा आउन उनले  आब्हान गरे ।

प्रतिक्रिया दिनुहोस