aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज चन्द्रग्रहण रातको १० बजेर २२ मिनेटमा, याे वर्ष ६ पटक चन्द्रग्रहण लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
आज चन्द्रग्रहण रातको १० बजेर २२ मिनेटमा, याे वर्ष ६ पटक चन्द्रग्रहण लाग्ने

काठमाडौं । आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ ।

यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य आकर्षण रातको १२ बजेर ३० मिनेट जाँदा देख्न सकिने खगोलविदहरुले जनाएका छन् ।

यो चन्द्रग्रहणका कारण पृथ्वीको मुख्य छाँयाको बाहिरी भाग चन्द्रमामा पर्ने छ जसका कारण यसको चमकतामा केही फिकापन हुने बताईएको छ ।

यो चन्द्रग्रहण बाहेक सन् २०२० मा मात्रै ६ वटा ग्रहण हुने छ जसमा दुइवटा सूर्यग्रहण, र चारवटा चन्द्रग्रहणहरु हुनेछन् । आजको चन्द्रग्रहण पछी आगामी जुन ५ मा, ५ जुलाई र ३० नोभेम्बरमा सुर्यग्रहण लाग्ने खगोलविदहरुको भनाई छ ।

त्यसैगरी आगामी २१ जुनमा र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्ने छ । जसमा २६ जुनमा बिश्वभरबाट देखिने सुर्यग्रहण लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस