aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अवैध गिट्टी बालुवा उत्खननको विरोध गर्दा टिप्परले किचेर हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
अवैध गिट्टी बालुवा उत्खननको विरोध गर्दा टिप्परले किचेर हत्या

धनुषा । शुक्रबार बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका धनुषाको मिथिला नगरपालिकाको औरही खोलामा शुक्रबार बिहानै श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोले अवैध रुपमा भइरहेको खोला उत्खननको विरोध गर्दा टिप्परले किचेर उनको हत्या गरिएको छ । अवैध रुपमा बालुवा गिट्टी उत्खन्न भइरहेको देखेपछि रोक्न जाँदा बालुवा गिट्टी लिन पुगेको ना ७ ख ६४१३ नम्बरको टिपर चालकले तिमी रोक्ने को हो भन्दै टिपर नै उनीमाथि चलाइदिएका उनीसँगै गएका प्रत्यक्षदर्शी रोशन यादवले बताएका छन्।

भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ । घटनालगत्तै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पतल जनकपुर पठाएको छ भने टिप्पर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिप्परले किचेर दिलिपको हत्या भएको देखिन्छ । घटनापछि टिप्पर चालक फरार भएको प्रहरीले जनाएको छ ।   

यसैबीच घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका ५, श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको र टिपर चालकको खोजी कार्य भइरहेको जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस