aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तनहुँमा बस दुर्घटनाः एकको मृत्यु, चारको अवस्था गम्भीर, २५ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
तनहुँमा बस दुर्घटनाः एकको मृत्यु, चारको अवस्था गम्भीर, २५ घाइते

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका –३ मानपुर नजिकै अर्चलकोटमा बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको ग १ ख ६१७५ नंको उक्त बस पाल्पाको रामपुरबाट तनहुँको भिमाद आउँदै गर्दा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा ज्यान गुमाउने घिरिङ –१ बैंडीकी २० वर्षीया मीना थापा रहेकी छिन् भने गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको । 

प्रतिक्रिया दिनुहोस