aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तीन केजी  नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
तीन केजी  नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए । 

प्रतिक्रिया दिनुहोस