aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

खाडी मुलुकमा रू. २७१ अर्बको धूलो दूधको माग

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २७ पुस २०७६
खाडी मुलुकमा रू. २७१ अर्बको धूलो दूधको माग

काठमाडौं । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वमा २० अर्ब १५ करोड डलर (रू. २३१७ अर्ब २७ अर्ब ) बराबरको धूलो दूध आयात भएको छ । सोही वर्ष खाडी मुलुकमा २ अर्ब ३५ करोड अमेरिकी डलर (रू. २७० अर्ब ६६ करोड) बराबरको धूलो दूध आयात भएको छ ।

यो सन्दर्भमा यस क्षेत्रलाई उपयुक्त तरीकाले विकास गर्ने हो भने वर्तमान नेपालको दूधलाई खाडीमा सहज बजार प्राप्त हुने निश्चित छ । यसका लागि पहाडी भूभागलाई पशुपालन क्षेत्रको रूपमा विकास गर्ने नेपालको मूलनीतिलाई कार्यान्वयन गरी सिंगो पहाडी क्षेत्रलाई पशुपालनको हबका रूपमा विकास गर्नुपर्दछ ।

लागत न्यूनीकरणका लागि दानामा होइन, घाँसमा आधारित रैथाने जातका परम्परागत नेपाली पशुपालनको शैलीलाई आत्मसात् गरिनुपर्दछ । खाडी मुलुकको दूध आयातको निश्चित अंश अनवरत रूपमा आपूर्ति गर्ने प्रत्याभूति पनि नेपालले प्रदान गर्नुपर्दछ । यसका लागि पशुपालनको बलियो आधारभूमि नेपालभित्र तयार गर्नुपर्दछ । हलाल प्रमाणपत्र सहित गुणस्तरको प्रत्याभूतिका लागि यस क्षेत्रमा निश्चित हदसम्मको खाडी मुलुकको लगानी आवश्यक देखिन्छ ।

दूध उत्पादनको वातावरण तयार गर्न पशुपालकहरूको संरक्षण, अनुदान, प्रोत्साहन र अनन्तकालीन करमुक्तिको वातावरण सृजना हुन पनि आवश्यक छ । ताकि नेपाली उत्पादनहरू विश्वका अन्य देशका उत्पादनहरूसँग प्रतिस्पर्धी हुन सकून् । गत आर्थिक वर्षमा नेपालबाट चीनमा रू. १ करोड ६० लाख बराबरको करीब ३५ मेट्रिकटन धूलो दूध निर्यात भएको सन्दर्भमा चीनमा रहेको रू. ४६१ अर्ब बराबरको धूलो दूधको बजारलाई उपयोग गर्न सक्ने सम्भावना पनि त्यत्तिकै उच्च छ ।

प्रतिक्रिया दिनुहोस