aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

फार्ममा लगानी १५ करोड, छैनन् गाई

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २७ पुस २०७६
फार्ममा लगानी १५ करोड, छैनन् गाई

दोलखा । भीमेश्वर नगरपालिका-८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरिएको फार्ममा अहिले न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन्।

फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ। नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र छाडेर सम्पर्कविहीन छन्।

दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो। यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ। फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन्। पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकारको करिब ८ करोड लगानी छ।

गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन्। ती गोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ। घना जंगल मासेर भव्य कटेज बनेका छन्। ठूला रूख काटेर घाँस खेतीका लागि बारी बनाइएका छन्।

प्रतिक्रिया दिनुहोस