aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, २७ पुस २०७६
ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

काठमाडौं । क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो ।

ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका चार नगरपालिकामा सडक विस्तारका योजना अगाडि बढ्ने आश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस