aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एकै जिल्लामा ४० विद्युत् आयोजना

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, २७ पुस २०७६
एकै जिल्लामा ४० विद्युत् आयोजना

रुकुम पश्चिम । स्यार्पुतालबाट बगेको पानीबाट ०४५ सालमा २५० किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण गरियो । बाँफीकोट गाउँपालिकास्थित भाग्लेमा पावर हाउस बनाइएको उक्त आयोजना नजिकै अर्को ठूलो जलविद्युत् आयोजना बनाउन थालिएको छ । ३.७ मेगावाटको विद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ । 

४ नम्बर वडामा बन्ने उक्त आयोजना स्यार्पुतालकै पानीबाट बन्नेछ । आयोजना निर्माण भए यो नै जिल्लाको ठूलो विद्युत् आयोजना हुनेछ । अहिले बाँफीकोट गाउँपालिकाका १० वडामा यी दुईसहित पाँच विद्युत् आयोजना छन् । चार आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ भने एउटा निर्माणाधीन छ । १, २ र ६ नम्बर वडामा लघु जलविद्युत् आयोजना छन् । अहिले बाँफीकोट गाउँपालिकामा ३ सय ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । ३.७ मेगावाट विद्युत् उत्पादनको प्रक्रियामा छ । मुसीकोट नगरपालिकामा १० वटा विद्युत् आयोजना छन् । १० वटै विद्युत् आयोजनाबाट उत्पादित विद्युत्बाट गाउँ झिलिमिली छ ।

१४ वडा रहेको मुसीकोटमा २७० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । मुसीकोट नगरपालिकाभित्रका प्रायः खोलामा विद्युत् आयोजना बनेका छन् । एउटै खोलामा तीन वटासम्म विद्युत् आयोजना निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस