aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पेस्तोलसहित गौशालाबाट दुईजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
पेस्तोलसहित गौशालाबाट दुईजना  पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट एक थान घरेलु पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिंगलास्थान बस्‍ने धनुषा गणेसमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा१५च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनि लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस